किन खुसी हुन्छौं नेपाली। मिति फेरिएर के हुनेवाला छ।।

किन खुसी हुन्छौं नेपाली।
मिति फेरिएर के हुनेवाला छ।।
नेताले जनता झुक्काए जसरी।
तिमी जन्मे देखि मिति फेरिए कै त छ।।

न गरीब धनी भएको छ।
न अज्ञानी ज्ञानी भएको छ।।
किन खुसी हुन्छौं नेपाली।
मिति फेरिएर के हुने वाला छ।।

न शिक्षाले नयाँ स्वारुप पाएको छ।
न नेपालले समृद्धि अपनाएको छ।।
अनि किन तिमी फेरि खुसी।
मिति फेरिएर के हुने वाला छ।।

गुमाउने तिमी र म त हो।
पाउने अरु कोही छ।।
ठेकेदारले ठेक्का पाएकै छ।
दलालले युवा विदेश पठाए कै छ।।

भ्रष्ट मान्छेले जीवन चलाएकै छ।
शिक्षामा दलाली बढेकै छ।।
गुमाउने तिमी र म त हो।
दुई छाक गास पाउन पनि कठिन भाछ।।

तिमी र मैले गरेको श्रम को मूल्य।
त्यो ठेकेदारले अझै दिएको छैन।।
भन्दै छ रे ठगेर चलेको समाज न हो।
पद छ,पैसा छ,पावर छ,मलाई कसले के गर्छ।।

मैले पनि सोच्दै छु अब यहाँ।
की ठगेरै खान्छु,की विदेश गैजान्छु।।
तिमीले र मैले जस्तो श्रम गरे पनि।
यहाँ हुने वाला के नै छ।।

तिमी पनि गरीब,म पनि गरीब।
हामी यहाँ बसेर के हुने वाला नै छ।।
किन खुसी हुन्छौं नेपाली।
मिति फेरिएर के हुने वाला नै छ ।।