तेस्रो राष्ट्रिय लुम्बिनी लोक दोहोरी अवार्ड सुर्खेतका कलाकार रेशम नेपकिङलाई

काठमान्डौमा सम्पन्न तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० सुर्खेतका मोडल तथा कलाकार रेशम नेपकिङले हात पार्न सफल भएका छन् । काठमान्डौको चलचित्र बिकास बोर्डको सभा हलमा आयोजना गरिएको उक्त कार्यक्रममा उनलाई सो अवार्ड प्रदान गरिएको हो ।

बिशाल मुभिज प्रा.ली.अनामनगर काठमान्डौले स्वर्गिय कल्पना गैरेको स्मृती फाउन्डेशनको सहयोगार्थ तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० कार्यक्रमको आयोजना गरिएको थियो ।

अवार्ड प्राप्त गरेपछी कलाकार रेशम नेपकिङले भोट गरी जिताउने साथी भाई, आफन्त, आयोजक टिम लगाएत सबैलाई धन्यबाद ब्यक्त गरेका छन् । उनले यो सम्मानले थप हौसल्ला प्रदान गरेको भन्दै यो क्षेत्रमा थप उत्साहका साथ अगाडी बढने बताएका छन् ।