आत्मा भड्किएका साथिहरू – निडर चाणक्य

म केही प्रिय साथीहरुको जीवन यात्रा हेरी राखेको छु | जटिल घुम्तिमोड उकाली ओराली पार गरी समथल मैदानमा पुगेका प्रिय मित्रहरू समथल मैदानमा उकुस मुकुश भएर हराउनु भएको खबरले चिन्तित छु । तर भिरबाट लोटने गाईलाई रामराम भन्न सकिन्छ काध थाप्न सकिँदैन । सङ्घर्षका हरेक पाइला पाइलामा सँगसगै दौडिन्थिउ।वर्गीय मुक्तिका खातिर वर्ग सङ्घर्ष प्रधान थियो र वर्गीय सङ्घर्षमा जनताको जीवन थियो।वर्गीय हरेक पाइलामा बेजोड साथ थियो।विचार,आदर्श,सिद्धान्तमा अथाह तागत हुन्छ।विचार र सिद्धान्त हिन यात्रा त्यति फलदायी हुँदैन।मित्रहरू संगठना्मक रुपमा होस, सङ्घर्षशिल योगदानमा होस,विभिन्न अवसरमा होस आफू अनुकूल अवसर देखि पार्टी सङ्गठनले महत्वपूर्ण अवसर दिएकै थियो।त्यसमा पनि चित्त बुझेन।मानौं बाबुले अंस नदिएको होइन।पाएको अंसमा थप्नु कर्मट छोराको कर्तव्य हो।थप्न सकिएन बाबुको अंसमा चित्त बुझाउनु राम्रो हो।

   थप्न नसक्नु बुवाको अंस पनि धान्न नसक्नु भनेको केही गर्न नसक्नु हो । धामी झाक्रीले बिरामी भएको ठाउमा गएर मृत पितरको आत्मा भट्टकिएको छ कालो बोका, कालो भाले,कालो नेजा र कालो अछिताले मात्र आत्मा सान्ती हुन्छ भने झै भयो।कति पटक आज पूजा गर्नु आत्मा भट्टकेको भट्टकेई हुन्छ।आत्मा शान्ति गर्नलाई कुनै उपाय छैन।चिन्नमा राखेर कीचडमा पूर्नु बाहेक अरु सम्भव छैन ।

   यो सबै कुरा पढ्दा सुन्दा न्वारण देखिको बल लगाएर सत्ता सराप गरियला तर उठाउन खोजेको विषय यत्ति मात्र हो।समथल मैदानमा हराउनु हुँदैन थियो।त्यो मैदान आफूले बनाएको हो।झाडी पन्छाएर बनाएको हो। त्यो मैदान बनाउन त्यति सजिलो थिएन।त्यो झाडीमा राक्षेशी दानव जनावरहरू थिए। राक्षेसि दानबहरु सङ्ग जोखिम मोल्दै। आ-आफ्ना परिवारका सदस्य गुमाउँदै अनगन्ती जोखिम मोल्दै तयार गरिएको मैदान हो।मैदानमा मानवरुपी ब्वाँसा हुन्थे।मैदान निर्माणको शिलशिलामा निर्माणकर्ता माथि राक्षेशि जङ्गली ब्वाशाहरु चौबिसै घण्टा सिकार गर्न तम तयार थिए र हुन्थे पनि।उनीहरू सङ्ग मित लगाउनु मित्रता जोड्नु त्यति न्यायचित होइन।हिजोका सिकारीले आज सिकार गर्दैनन भन्ने विश्वास केछ र आफूले निर्माण गरेको मैदानमा आउ र बसौ भन्नुको सट्टा मैदान नै छोड्नु,मैदानमा पुग्न झाडी छ भन्नु गलत हुन्छ।किन भने मानव सिकारी ब्वासाहरु सङ्गको सङ्गत भनेको आफू पनि ब्वाँसा बन्नु हो।यद्दपी ब्वाँसा बनी आफू पनि सिकारी बन्नु थियो भने ब्वासाका विरुद्ध किन लड्नु थियो।लडाई किन सिक्नु थियो।लड्न किन आदेश दिनु थियो बुझ ब्वासहरुको बथान निश्चीत काल परिस्थिति  समयमा धेरै हुलहरु हुन्छन्।सिकारमा प्रभुत्व जमाउछन्।रोजा पसेर मार्के ब्वाँसा छनोट हुन्छ। त्यसको मुख्य नेतृत्वमा सिकारको टीम लामबद्ध हुन्छ र नाइकेले सिकार गर्ने मुख्य पाटो भनेको आफ्नो  आहारा पूरा गर्नु हो।मलद्वारबाट भित्र पस्नु र आफू अघाउनु हो।त्यसबाट पीडित सदस्यहरूको बहुमतले पूर्ण रोजा पस्ने निर्णय गर्छन्।सम्पूर्ण सङ्ख्या केन्द्रित गरी रोजामा जान्छन् र ब्वासाहरुको नाइकेले रुँदै रोजा पस्छ र ऊ आफू विरुद्ध सम्पूर्ण शक्ति भएको अनुमान गर्छ।सम्पूर्ण शक्ति शिद्याउन्न तल्लीन हुन्छ र सिध्याउँछ पनि।ब्वाँसा विहिन जङ्गल हुन्छ यस्तै खिस्साको यात्रा हो।हल्का हावा हुरी चलेको छ।यताउता फैलिन सक्छ।त्यसको पछाडि दौडिनु भनेको ब्वाँसा रोजा पस्नु हो।