गजल – श्वास रहुन्जेल राम्राे गर्नु खास हुन्छ जिन्दगी !

श्वास रहुन्जेल राम्राे गर्नु खास हुन्छ जिन्दगी
मरेपछी जसकाे पनि लास हुन्छ जिन्दगी।

मानविय कर्तव्य भुल्नु हुन्न कहिल्यै पनि
स्वार्थ मात्र हेरियाे भने बदमास हुन्छ जिन्दगी।

चार जनाले चौतारीमा बसि गुण गाए भने
बाचुँ बाँचु लाग्ने खालकाे अभास हुन्छ जिन्दगी।

मरेपछि पनि किताब लेखियाेस तिम्राे नाउँमा
तब, जन्मिएकाेमा क्या बात हुन्छ जिन्दगी।

शालिग्राम भट्ट “ज्वालामुखी” – गाउँपालिका धादिङ्ग (हाल क्रोसिया)