
लेखक – निडर चाणक्य

कबिताको शीर्षक- तिमी
कता छौ तिमी आज भोलि
किन हराउछौ सब भुली

घरमा पनि छैनौ किन
समाजमा पनि भेटदैन
बाटोमा हेर्छु देख्दैन
डाडाकाडा पाखा पखेरी
खोजी राखेको छु
सोधी सोधी राखेको छु
घर एउटै हो
बास स्थान पनि एउटै हो
भेटदिन कतै किन
खोज्दै छु हेर्दै छु तिमी लाई
उजेलिमा छौ कि अधेरिमा
खोज्नेत खोजी राखेको छु
पक्का बिश्वास छ
अधेरिमा हराउने छैनौ
आफ्नो बास सम्झने छौ
आफन्तले र आफुले बनायको
रगत पसिना बगेको घर
सम्झी सम्झी आउने छौ