गजल

जब मलाई घरको याद पलपल आउँछ ।
अनि मनदेखि केही गर्ने आत्मबल आउँछ ।।

हिजो पनि आमालाई देखेकी थे सपनीमा ।
डोको बोकी हिँड्दा हिँड्दै जङ्गल आउँछ ।।

दुःखमा पनि हाँस्थ्यौ हसाउनु थियो हजुरलाई ।
आटो सिस्नो खाएको याद झलझल आउँछ ।।

राजधानीको पक्की घरमा बसेको छु तर ।
आँखाभरि त्यहीँ खरको महल आउँछ ।।

हरेक कुराकाे चाहाना हतारिदै गर्नुहुन्छ ।
मित्र, प्रतिक्षा गरे पो मिठो फल आउँछ ।।

भावना उपाध्याय, सुर्खेत ।