कविता – जवानी चाहियो !

कङ्क्रीटले कुरुप परिएको जङ्गलमा जवानी चाहियो !
सव्य समृद्ध स्वच्छ सफा पाउ अनि सिरानी चाहियो!

तिमिमा खै के को आडम्बर छ कसका घैलो भर्दै छौ ?
विकास अवस्य तर पहिले लयाटिलाइ पानी चाहियो !

खै कहाँ छ रोजगारी खै आधारभुत आवस्यकताको समाधान ?
अब हामिलाइ बाध्यताले देश बेचिएको परानी चाहियो !

खोक्रा लाग्न थाले तिमिले गरेका उर्जाशिल चर्का आवाज,
भर लागेन तिम्रो हामिलाइ विस्वासीलो जमानी चाहियो!

हेर तिमिले त तिम्रा हाम्रा भन्नूपर्ने अवस्थाको सिर्जना गरिदियौ!
सबै मात्र तिम्रा चियोचर्चा गर्न हाम्रो पनि दरवानी चाहियो।

सिठी बजाउ भन्यौ बजाय कुर्सी माग्यौ दिय,तिमिलाइ सर्वपरी ठान्दै
दिनेलाई कात्रो नशिव छैन यो कस्तो भोक तिमिलाइ शेरवानी चाहियो।

– पृथ्वी बिक्रम शाही, चाबि न.पा. ०८, दैलेख