दैलेख। जिल्लाको महावु गाउँपालिकामा पर्ने महावु (गाथ) मेलामा भिडिओ प्रतियोगिता हुने भएको छ

। महावुको स्थानको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता हुने भएको हो। उक्त प्रतियोगीको आयोजना सिक्ने अभियानद्वारा संचालित प्रोजेक्ट ठुट्टेले गरेको हो। आयोजकले उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कृत गर्न जनाएको छ। धार्मिक तथा पर्यटकीय रूपमा महत्वपूणर् मानिने दैलेखको महावुमा साउन जनैपूणर्िमाको दिन मेला लाग्ने गर्दछ । अभियानका आर्ट संयोजक नारायण कार्कीले उत्कृष्ट टिकटक भिडियो बनाएर पोष्ट गर्नेलाई आयोजकले आर्कषक पुरस्कारको व्यवस्था गरिएको बताए।…दैलेख। जिल्लाको महावु गाउँपालिकामा पर्ने महावु (गाथ) मेलामा भिडिओ प्रतियोगिता हुने भएको छ। महावुको स्थानको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता हुने भएको हो।उक्त प्रतियोगीको आयोजना सिक्ने अभियानद्वारा संचालित प्रोजेक्ट ठुट्टेले गरेको हो। आयोजकले उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कृत गर्न जनाएको छ। धार्मिक तथा पर्यटकीय रूपमा महत्वपूणर् मानिने दैलेखको महावुमा साउन जनैपूणर्िमाको दिन मेला लाग्ने गर्दछ ।

अभियानका आर्ट संयोजक नारायण कार्कीले उत्कृष्ट टिकटक भिडियो बनाएर पोष्ट गर्नेलाई आयोजकले आर्कषक पुरस्कारको व्यवस्था गरिएको बताए।

टिकटक प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीले टिकटक भिडियो पोष्ट गर्दा ४ वटा ह्यासटयाग महाबु अन टिकटक (३mबजबदगयलतष्पतयप), प्रोजेक्ट ठुट्टे (३उचयवभअततजगततभ) , एक्सपोलोर महावु (३भहउयिचझबजबदग) र दैलेख (३मबष्भिपज) अनिवार्य राख्नुपर्ने छ।

भदौ २० गतेसम्म हुने भ्युज र लाइकको आधारमा बिजेता घोषणा हुनेछ। नियम पूरा गरि पोष्ट भएको एक उत्कृष्ट भिडियो बनाउनेले तीनहजार तीनसय तीन रुपैयाँ नगद, प्रोजेक्ट ठुट्टेको आकर्षक क्याप, बिजेताको फोटो (फ्रेमसहित) पुरस्कृत गरिने आयोजकले जनाएको छ।