पुर्व सांसद शान्ताको अचार, अध्यक्ष ओलीले गरे ४ हजारको ब्यापार

केही समय अगाडी देखी पुर्व सांसद शान्ता चौधरीले शान्ता आचार उद्योग खोलेर देशै भर आचार बिक्री गर्दै आएकी छन् । उनले आफुले तयार पारेको अचार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत बेचेकी छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृ एवं पूर्व सांसद शान्ता चौधरीसँग ४ हजार रुपैयाँ बराबरको टिमुर र लसुनको […]

गाँउ फर्किएका घनश्याम जसले निर्माण गरे आफु अध्ययन गरेको बिद्यालयमा मन्दिर निर्माण

आफनो पुर्खाले खालि खुट्टा दौडेर स्थापना गरेका बिद्यालय, कयौ दिन पुरै गाँउ उर्लेर श्रमदान बाट स्थापना गरेको बिद्यालयका भौतिक संरचना, बिद्यालयको एक कुनामा एउटा सानो सरस्वतीको मन्दिर र हरेक दिन १० बजे लाईन लागिसकेपछी त्यसलाई घुमेर कक्षा कोठा प्रवेश गर्ने दैनिकी, अनी हरेक बर्ष सरस्वती पुजाका दिन सबै शिक्षकहरुको उपस्थितीमा सबै साथी भाईमिलेर सामुहिक रुपमा […]

भुइँमा बसेर अध्ययन गर्दै विद्यार्थीहरू, विद्यालय जोखिम अवस्थामा

अंगराज परियार, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका ६ गिउँसी स्थित जनजागरण प्राथमिक विद्यालय २०८० असोजमा गएको अविरल बर्षाले निकै जिर्ण अवस्थामा रहेको छ । धेरै जसो विद्यार्थीहरू चिसो फोहोर भईमा ढुँगा बिछ्याएर पढिरहेका छन् । कक्षा पाँचमा अध्ययनरत दिनेश लाबडले बताउनुहुन्छ ‘चिसो भुइँमा बसेर पढ्नुपर्छ, पानी परेको दिन त भित्ताबाट पानी पसेर कक्षाकोठामा ताल हुन्छ ।’ […]

आज यी प्रदेशमा हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले शनिबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी, गण्डकी र कणार्ली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैले हिमपात […]

चिसोको कारण त्रिपालमा बस्दै आएका थप ३ वृद्धको मृत्यु

जाजरकोटमा चिसोका कारण थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरहरु ध्वस्त भएपछि त्रिपालमा रातदिन गुज्रदै आएका बारेकोट गाउँपालिका-१ रामीडाँडाका ७० वर्षीय डुमे पुन , छेडागाड नगरपालिका-१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी र जुनीचाँदे गाउँपालिका-४ लुहादहकी ८९ वर्षीया सुगिली नेपालीको चिसोका कारण मृत्यु भएको हो । पुन दमका दीर्घरोगी भएका कारण पनि […]

कोभिडमा राहत वितरण देखी मन्दिर निर्माणमा दलित परिवारका तुलाधर, एक समाज सुधारक

भाद्र १६,शनिबार बिरेन्द्र बुढा, सल्यान समाजमा कोही यस्ता मानिस पनि हुन्छन जो समाजसेवा भनेपछि हुरुक्कै हुन्छन । आफ्नोभन्दा अरुको हितमा तनमन र कर्मको अधिकांश हिस्सा समर्पण गर्छन । सादा जीवन उच्च विचारको सुगन्धले आफूमात्र नभई सिंगो समाज र देशलाई पनि सुगन्धित बनाउने प्रयत्न गर्छन । हिजोआज सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा समाजसेवीका नामले निकै चर्चा कमाएका […]

सुर्खेतमा निवर्तमान वडा अध्यक्षबाटै छुवाछुत सम्बन्धी दुर्व्यवहार, पालिकाले निकाल्यो बिज्ञप्ती

वडा अध्यक्ष समेत भै सकेको ब्यक्तीबाटै सुर्खेतको चिंगार्ड गाँउपालिकामा पर्से कामीलाई सार्वजनिक स्थानमै दुर्व्यवहार भएको पाईएको छ । छुवाछुत सम्बन्धी स्पष्ट र कडा कानुन बनेपनी अझै ग्रामिण भेगमा छुवाछुतको समस्या रहेको पाईन्छ । भदौ १२ गते चिंगार्ड गाँउपालिका वडा नम्बर २ रानिवासको जितेजुवा भन्ने स्थानमा लाग्ने सास्कृतिक मेलामा कार्यपालिकाका सदस्य समेत रहेका पर्से कामीलाई दुर्व्यवहार […]

दैलेखमा राउटेजातीलाई अल्कोहल, अखाद्यबस्तुहरु बितरणमा रोक, भेटनका लागि गुराँस गाँउपालिका संग समन्वय गर्नुपर्ने

दैलेखको गुराँस गाँउपालिकाकाे कार्यपालिका बैठकले लोपउन्मुख जाती राउटेलाई भेटनका लागि अनुमति लिनुपर्ने निणर्य गरेको छ । उद्धेश्य प्रस्ट पारेर पालिकाको अनुमति लिएर मात्रै भेटघाट र सम्पर्क गर्न दिने निणर्य भएको पालिकाका प्रबक्ता तथा वडा नम्बर ८ का अध्यक्ष दिपेन्द्र वलीले जानकारी दिए । बैठकमा राउटे समुदायका मुखियालाई समेत बोलाएर उनिहरुको समस्याका बारेमा छलफल गरिएको थियो […]

सल्यानमा मनाइने राेचक घिया तिहार जहाँ भेरी नदिमा हामफालेर मनाइन्छ

बिरेन्द्र बुढा सल्यानः घिया तिहार अर्थात भेरिमा हाम फाल्ने पर्व भनेर पनी चिनिएकाे छ । सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ काे अम्रा भन्ने स्थानमा हरेक बर्ष भाद्र १ गत्ते श्रावण शुक्ल पक्षका दिन घिया त्यार(घ्यू खाने पर्व) निकै रोचकता साथ मनाउने प्रचलन रहेको छ । उक्त दिन तन्दुरुस्त शरीरको लागी घ्यू खानु […]

नेपालको इतिहास खोज्ने योगी नरहरिनाथ

राष्ट्रगुरू योगी नरहरिनाथको जन्म वि.सं. १९७१ फागुन १७ गते कालिकोट लालुको चाखा भडारीबाडामा भएको थियो। उनका पिताको नाम ललितसिंह थापा र माता गौरा देवी हुन् । योगीको बास्तविक नाम बलबीर सिंह थापा थियो। भारद्घाज गोत्री बझाङ्गी सिंह ठकुरीहरू कै बंसजका सन्तती हुन र पछि थापा पद सुरक्षाकर्मीका रुपमा राज्यको दायित्व लिदा पाएको कुरा उनका परिवारजनहरूको […]