भेरिगंगा नगरपालिका १ मा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य

सुर्खेतको भेरीगंगा नगरपालिका वडा. न.१ मा सामाजिक सुरक्षा भत्ता पाउनका लागि अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र हुनुपर्ने व्यवस्था गरिने भएको छ ।

यही जेठ २७ गत्ते एक विज्ञप्ती जारी गर्दै वडा न. १ ले सो कुराको जानकारी गराएको हो । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको निणर्य अनुसार नै वडाले यो विज्ञेप्ती जारी गरेकाे अध्यक्षले बताएका छन । सम्पुर्ण लाभग्राहीहरुलाई आउदो आ.व. २०८१ । ८२ का लागि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दा अनिवार्य राष्ट्रिय परिचय पत्र नम्बर वडा कार्यालयमा बुझाउनु पर्ने उल्लेख छ ।
लाईका खबरसंगको कुराकानीमा अध्यक्ष दिनेश पुलामीले वडा बासीलाई सामाजिक सुरक्षा भत्ताका लागि कुनै किसीमको असहजता सृर्जना नगर्ने र सेवाग्राहीलाई निष्पक्ष तथा पारदर्शी हिसाबले सेवा अगाडी बढाउने बताए ।
उनले भने वडा न. १ भौगोलिक बिकटताले गर्दा कुनैपनि सेवा प्रवाह गर्न गार्हो हुने र यसका लागि केहि पहल गर्नु पर्ने आश्यक रहेको बताए ।