रूकुम पश्चिम मुसिकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु, तीन जना घाइते

रुकुम पश्चिमको मुसिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।मुसिकोट नगरपालिका-१ निपानेमा कणर्ाली प्रदेश ०२-००१ च ०४१३ नम्बरको बोलेरो जीप आइतबार राति साढे ८ बजे दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । भने ३ जना घाइते भएका छन ।

दुर्घटनामा परी मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका-५ का २७ बर्षीय सौगात विक, सुर्खेतको बराहताल गाउँपालिका-५ का १९ बर्षका जीतबहादुर कार्की र जीप चालक सुर्खेतको गुर्भाकोट नगरपालिका-८ मेलकुनाका धर्मेन्द्र श्रेष्ठको मृत्यु भएको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलले जानकारी दिए ।

डिएसपी पोखरेलका अनुसार उक्त जीप सदरमुकाम खलंगाबाट बाँफिकोटको सिमखेततर्फ जाँदै थियो । वर्ल्डलिंक कम्युनिकेशनको फाइबर तार तान्न उक्त गाडी प्रयोग भएको डिएसपी पोखरेलले जानकारी दिए
। तार ठेक्का पाएको कम्पनीले नियुक्त गरेको कर्मचारी गाडीमा सवार थिए ।

घाइतेहरुमारुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका-५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल छन ।

सबै घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको डिएसपी पोखरेलले जानकारी दिए । २ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको पनि उनले बताए ।