वीरेन्द्रनगरमा आहा नेपालको आयोजनामा च्यारीटी तथा साङ्गीतिक कार्यक्रम सम्पन्न

वीरेन्द्रनगरमा आहा नेपालको आयोजना र सोल सोसाईटीको सहजीकरणमा “न्यानो काख का निम्ति हाम्रो सहयोग च्यारीटी तथा साङ्गीतिक कार्यक्रम” सम्पन्न भएको छ । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय अन्र्तगतका विभिन्न संकाय मा अध्ययनरत विद्यार्थीहरु लाई समावेश गराईएको थियो ।

सामाजिक काम गर्ने स-साना संघ-संस्थाहरु एकआपसमा मिलेर काम गर्दा सबै सफल हुने वातावरण बन्दोरहेछ भन्ने एउटा सकारात्मक सन्देश तथा उदाहरण पनि सावित भएको कार्यक्रम सञ्चालक टिमले जनाएको छ । यो कार्यक्रममा धेरै जनाले आर्थिक तथा भौतिक सहयोग सँगै आवश्यक सल्लाह, सुझाव दिएका थिए । धेरै जनाको अप्रत्यक्ष माध्यमबाट पनि सहयोग आएको आयोजकले जानकारी दिएको छ । सबैको प्रत्यक्ष अप्रत्यक्ष माध्यमबाट गरेको सहयोगबाट १६,९९५ रकम संकलन भएको थियो ।