नागरिकता प्रकरणमा पक्राउ परेका सिरोहियालाई आजै अदालतमा पेश गरिने

दुई वटा नागरिकता नम्बर प्रयोग गर्दै आएको आरोपमा पक्राउ परेका कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई आज जनकपुरधाम ल्याएको छ ।

काठमाडौंको थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको कार्यकक्षबाटै अध्यक्ष सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । पक्राउ गरेलगत्तै प्रहरीले धनुषा लगेका थिए ।

उनलाई आज विहान जिल्ला प्रहरी कार्यालय ल्याएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए । उनले भने, ‘अहिले भर्खर आइपुग्यो । आजै अदालतमा पेश गर्छौं ।’

अध्यक्ष सिरोहियाले फरक फरक नागरिकता नम्बर विभिन्न निकायमा पेश गरेको दावी गर्दै उनीमाथि छानविन गर्न जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो । धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो ।
सिरोहियालाई हिरासतमा राखिएको प्रहरीले जनाएकाे छ ।