नेपाल आइडल विजेता तथा गायक रवि ओड प्रहरी नियन्त्रणमा

नेपाल आइडल सिजन २ का विजेता तथा गायक रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार वैवाहिक बलात्कारसम्बन्धी मुद्दा परेका कञ्चनपुर कृष्णपुर नगरपालिकाका ओड बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएकोे बताए ।

नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन ।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन ।
नेपाल फर्किसकेपछि उनीले आत्मसर्मपण गरेका हुन । जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।