लुम्बिनी र सुदुरपश्चिममा भारी वर्षा, कर्णालीका जिल्लामा असिनापानी

आज कर्णाली , कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, असिना र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेकोले देशभर आंशिक बदली भई वर्षा भएको हो ।
पश्चिमी वायु तथा भारतको विहार आसपासको न्युन चापीय प्रणालीको प्रभावले केही दिन अगाडी देखि हुरीबतास, असिना पानि परिरहेको छ ।

कर्णालीका हिमाली क्षेत्रहरुमा भारी असिनाका साथै हुरी बतास भइरहेको छ । धेरै पछि पानि परेका कारण किसानहरुलाई राहत पुगेको छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


आज राति मुलुकभर आंशिकदेखि साधारणतया बदली हुने तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।