वीरेन्द्रनगरको वडा नं. १० मा नयाँ पुल निर्माण हुदै

सुर्खेत वीरेन्द्रनगरको वडा नं. १० मा नयाँ पुल निर्माण हुने भएको छ । सुर्खेत वीरेन्द्रनगरको वडा नं १० अन्तर्गत शान्तिनगर,बुलबुले र एकतानगर टोललाई जोड्ने ईत्राम खोलामा निर्माण हुन लागेको हो । दश नम्बर वडाका प्रतिनिधि मनोहरलाल आचार्य , सन्ध्या परिवार लगाएत स्थानियको उपस्थतीिमा पुलको शिलन्यास गरिएको छ ।


भौतिक तथा पुर्बाधार मन्त्रालयको वार्षिक बर्ष २०८० । ८१ को रू ५०,००० बजेट विनियोजन भएर करिब रू १५,६०,०००० को लागतमा पुल निर्माण हुन लागेको हो । उक्त पुल कृष्ट एण्ड सर्वण निर्माणा सेवाले बनाउदै गरेको निर्माण सेवाका अध्यक्ष मनजित शाहीले जानकारी दिए ।
यस्तै, पुलको लम्बाई १३ मिटर र चौडाई भने १० मिटर रहेको छ । पुल बनाउने अवधि आउदो चैत्र महीनासम्म भएपनि अगाडिनै काम सम्पन्न गर्ने बताएका छन ।