मंगलबार सार्वजनिक विदा हुने

भोली ( मंगलबार ) सार्वजनिक विदा हुने भएको छ । इतिहास मै पहिलो पटक खाडी मुलुक कतारबाट राष्ट्रप्रमुख अमिर मौसुफ शेख तामिम बिन हमाद अल थानि नेपाल भ्रमण आउने भएका छन ।राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रामा यहि २०८१ । १ । ११ र १२ गत्ते हमाद अल थानि नेपाल भ्रमणमा आउने भएका हुन । सोमबार एक विज्ञेप्ती जारी गर्दै आज बसेको मन्त्रीपरिषको बैठकले नेपालभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । कतारका राष्ट्रप्रमुख नेपालको राजकिय भ्रमणमा आउने भएकाेले नेपाल सरकारले सार्वजिक विदा दिने निर्णय गरेको हाे ।