गर्मीमा खान नहुने यस्ता मसलाहरू

हामीले दैनकि खानापकाउदा विभिन्न खाले मसला प्रयोग गर्दछौ । आफुलाई जस्तो मनपर्छ त्यसतै बनाउने गर्दछौ । प्राय मसला फाइदाजनक नै हुन्छन ।

तर मसला सीमति मात्रामा सेवन गर्दा फाइदा गर्छ । तर, गर्मी मौसम लागेसँगै केही मसला शरीरका लागि हानकिारक हुन थाल्छन् । त्यस्ता मसला बारे पनि जान्नु जरुरी छ ।

बेसार
आमरुपमा बेसार शरीरका लागि फाइदाजनक नै हुन्छ । यसको प्रयोग हामीले दैनकि रुपमा भान्सामा गर्छौं । गर्मी समयमा भने बेसार धेरै खानु हुँदैन । एकदमै सीमति मात्रामा यसको सेवनले फाइदा पुर्याउछ ।

ल्वांग
ल्वांगमा आयुर्वेदकि गुण भरपूर मात्रामा हुन्छन् । कनिकी यो धेरै पोषक तत्वले भरएिको पनि हुन्छ । गर्मीको समयमा यसको धेरै प्रयोगले शरीरमा वभिन्नि समस्या आउन सक्छन् ।
अदुवा
अदुवा धेरै सेवन गर्दा शरीरमा गर्मी बढ्न सक्छ । यसको अत्यधकि सेवनले पेट पोल्ने, दुख्ने, कब्जयित जस्ता समस्या हुन सक्छ । पाइल्सको समस्या भएकाले पनि अदुवा खानु हुँदैन ।

रातो खुर्सानि
त्यसो त कुनै पनि मौसममा रातो खुर्सानी शरीरका लागि हानकिारक नै मानन्छि । अझ विशेषगरी गर्मी मौसममा रातो खुर्सानी सेवन गर्नबाट एकदमै बच्नुपर्छ ।

ज्वानो
गर्मीका दनिमा ज्वानो पनि शरिरका लागि कतपिय अवस्थामा हानकिारक हुन सक्छ । ज्वानो धेरै खाँदा शरीरको तापक्रम बढ्न सक्छ र पेट खराब पनि हुन सक्छ ।
यी मसला सेवन शरिरमा तापक्रम बढाउने गर्ने भएकाले जाडोमा प्रयोग गर्नु उपयुक्त हुन्छ । गर्मीमा यी मसलाको प्रयोग नगर्दा स्वास्थ्यका लागि फाइदा हुन्छ ।