मिलन चाम्सको “वर एण्ड बधु” मा ‘सकम्बरी’की कुसुमको प्रवेश

मिलन चाम्सको “वर एण्ड बधु” मा ‘सकम्बरी’की कुसुमको प्रवेश हुने भएको छ । नवलपुरकी कुसुम शर्माको पहिलो प्रकाश सपुतसँगको गीत ‘सकम्बरी’ रिलिज भएपछि एकाएक चर्चामा आएकी नव मोडल हुन । । म्युजिक भिडियोमा कुशुमले पहिलो फिल्मको रुपमा ‘सञ्जीवनी’ पनि साइन गरिन । अहिले गीतसंगीत क्षेत्रमा निकै चर्चा कमाई सकेकी उनले अहिले मिलन चाम्सको निर्देशन रहेको वर एण्ड बधु मा प्रवेश गर्ने भएकी छन ।
पहिलो चरणको छायाकंन करिब २० महिनाअघि सकिएको यो फिल्मको बाँकी ५० प्रतिशत छायांकन नेपालमा गर्ने तयारी हुँदै गर्दा अर्को एक अभिनेत्रीको भूमिकाका लागि निर्माण पक्षले कुशुमसँग सोमबार सम्झौता गरेको हो ।
रोमानियामा ५० प्रतिशत छायांकन सक्काएर रोकिएको यो फिल्मको बाँकी छायांकन नेपालमा गर्ने तयारीसहित निमार्ण पक्ष जुटेको छ । निर्देशक चाम्स चैत्रको तेस्रो साताबाट छायांकनको काम अगाडि बढाउने तयारीमा छन् ।
यस्तैमा, केही दिन अघि फिल्मका डेब्यू नायक विवेक कर्माचार्य शरीर सुगठित गरिरहेको तस्विर सार्वजनिक गरिएको थियो । रोमान्टिक कमेडी कथामा तयार भइरहेको यो फिल्ममा बधुको भूमिकामा नायिका आँचल शर्माले प्रमुख भूमिकामा छिन् । यता, निर्माण पक्षले कुशुमलाई कुन भूमिकामा भित्र्याएको भन्ने बारेमा केही खुलाइएको छैन । यो कुरालाई निर्माण पक्षले आधिकारिक रुपमा केही दिनमा जानकारी गराउने तयारी गरेको छ ।
फिल्ममा आँचल र विवेकसँगै विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी, सृष्टि खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहने छ ।
यस फिल्ममा अनुवन्धित हुनु भन्दा केही दिन अघि उनले उत्कृष्ट २ अवार्ड समेत पाइसकेकी उनले वर एण्ड बधु मा देखिने निधो गरेकी छन ।