खोलामा पौडी खेल्न जादा पानिमा डुबेर बालकको मृत्यु

खोलामा पौडी खेल्न जादा पानिमा डुबेर बालकको मृत्यु भएकाे छ । स्याङ्जामा आज बिहान आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका- २ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको डुबेर मृत्यु भएको जानकारी दिए ।
उनीहरु खोलामा ६ जना साथीहरु पौडी खेल्न गएका थिए । राना पानीको रहमा वेपत्ता भएपछि स्थानीयवासीले गल्याङ प्रहरी चौकीलाई खबर गरेका थिए ।

आज बिहान १० ः ३० बजे रहमा बेपत्ता भएका उनलाई प्रहरी टोलिको खोजी गर्दा मृत फेला परेका हुन ।

रानाको शव परीक्षणका लागि वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पठाइएको गल्याङ प्रहरी चौकीले जनाएको छ । रानासँगै पौडी खेल्न गएका उनका साथीहरूलाई प्रहरीले सोधपुछ थालेको छ । बाँकी अनुसन्धान भैरहेको जानकारी दिए ।