विद्युत सुरक्षा दिवसका अवसरमा सुर्खेतमा ‍र्याली

राष्ट्रिय विद्युत सुरक्षा दिवसको अवसरमा सोमबार सुर्खेतमा विद्युत सुरक्षा दिबस कार्यक्रम सम्पन्न भएको छ । दिवसका अवसरमा नेपाल बिधुत प्राधिकरण सुर्खेतले आफ्नो भवनबाट नारा लगाई जिल्ला प्रशासन हुँदै बजार परिक्रमापछि मंगलगढी पुगेर समापन भएको थियो ।

र्‍र्यालीमा सहभागीहरूले विद्युत चोरी हटाऊ, विद्युत बचतमा सजगता अपनाऊ, एलइडी बल्बको प्रयोग गरौं, विद्युत चोरी गर्नेलाई समाजिक बहिस्कार गरौं, विद्युत सम्बन्धी सुरक्षामा ध्यान दिऊ, रुखको हाँगोले विद्यतु संरचना छुन नदिऊ, सुरक्षाप्रतिको चासो दुर्घटनाबाट बच्ने साँचो, भिजेको हातले विद्युतीय उपकरण नचलाऔंं, के तपाईं घरबाट निस्कने बेला बत्ती निभाउनु भयो? जस्ता प्लेकार्ड बोकेका थिए ।

नेपालमा विद्युत सुरक्षा दिवस मनाउन थालिएको यो दोस्रो वर्ष भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको सुर्खेत वितरण केन्द्रका प्रमुख असोक लोहनीले विद्युत चोरी नियन्त्रण र विद्युतको सही सदुपयोग आजको चुनौती बनेको भन्दै सबैले विद्युत प्रयोगपछि अनावश्यक समयमा त्यो बन्द गरेमा मात्रै पनि विद्युत भोल्टेजको समस्या केही हदसम्म समाधान हुने बताए । बिधुत सुरक्षा सम्बन्धि सबै ग्राहकले बिधुत सम्बन्धि जानकारी अध्ययन गर्नु भयो भने त्यसले पनि मानवीय दुर्घटनाबाट जोगिन सक्ने फोरमेन पदम बुढाले बताउनु भयो ।