सुनको सिक्री चोरी भागेका २ महिला प्रहरीको नियन्त्रणमा

सुनको सिक्री चोरी भागेका २ महिला प्रहरीको नियन्त्रणमा
लगाएको सुनको सिक्री चोरी गरी भागेका दुई जना महिलाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार (आज) पक्राउ पर्नेहरूमा भारत रक्सौल घर बताउने ४० वर्षीया गीता हरिजन र ५५ वर्षीया खैरेनीया हरिजन रहेका छन ।
पोखरा महानगरपालिका-९ नयाँबजारस्थित तनहुँ ब्यास नगरपालिका-३ घर भएकी ६० वर्षीया महिला गाडीबाट झर्ने क्रममा सोही गाडीमा आएका उनीहरूले पीडित महिलाले घाँटीमा लगाएको करिब १ तोलाको सुनको सिक्री चोरी गरेका हुन । चोरी गरे लगतै जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले सिक्रीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।