सकम्बरी अर्थात कुसुम शर्मालाई एकै पटक २ उत्कृष्ट अवार्ड

सकम्बरी अर्थात कुसुम शर्मालाई एकै पटक २ उत्कृष्ट अवार्ड पाएकी छन । नवलपुरकी चर्चित नव मोडल तथा कलाकार कुसुम शर्माले आज आयोजित २ वटा फरक फरक अवार्ड समारोहमा उत्कृष्ट मोडलको अवार्ड हात पार्न सफल भएकी छन । उनले आज सम्पन्न नेसनल ब्राण्ड म्युजिक अवार्ड २०८० मा “चाहन्छु -५ “गीतबाट सर्वोत्कृष्ट नव मोडेल र सर्वाधिक लोकप्रिय गीत “ सकम्बरी” बाट आजै सम्पन्न नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० मा सर्वोत्कृष्ट मोडेलको २ वटा अवार्ड एकै दिन प्राप्त गरेकी छन । उनी सकम्बरी बोलको गीतबाट चर्चा मा आएकी हुन ।


उनी पेसाले नर्स भएपनि अहिले नेपाली गीत संगीतमा धेरै चर्चा कमाएकी छन । उक्त अवार्ड समारोहमा बोल्दै उनले आज सम्पन्न नेसनल ब्राण्ड म्युजिक अवार्ड २०८० मा “चाहन्छु -५ “गीतबाट सर्वोत्कृष्ट मोडेल र सर्वाधिक लोकप्रिय गीत “ सकम्बरी” बाट आजै सम्पन्न नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० मा सर्वोत्कृष्ट मोडेलको २ वटा अवार्ड एकै दिन प्राप्त गरेकी छु । उनले भनिन , मलाई विश्वास गरेर यी दुबै गीतमा जोड्नुहुने गीतका सम्पुर्ण टिम र नेपाली गीत संगीतलाई माया गर्नुहुने सम्पुर्ण संगितप्रेमी प्रति आभारी छु ।