बालबालिका अवस्थामै किन देखिन्छ दीर्घरोग ?

यो पछिल्लो समयमा बालबालिकाहरुमा दीर्घरोग बढी देखापर्ने गरेको पाइन्छ ।
शहरिया जीवनशैलीमा हुर्कदै गरेका बालबालिकाहरुको खानपान, आहारमा ध्यान नदिँदा, बसाइको प्याट्रन फरक हुँदा, शारीरिक गतिविधि नहुँदा दीर्घरोग बढेको देखिएको छ ।
१०, १२, १५ वर्षका बच्चामा पनि श्वासप्रश्वासको समस्या, मधुमेह जस्ता दीर्घरोग धेरै देखिने गरेको छ । कतिपयलाई त जन्मँदै स्वासप्रश्वासमा समस्या देखिने गर्छ ।

वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर विश्वबन्धु बगालेका अनुसार घरभित्रै बसेर टिभी, मोबाइल चलाउने, खाइरहने बच्चामा यस्तो समस्या बढी हुने बताउछन । खेल्ने, कुद्ने उमेरमा घरभित्रै सीमित हुँदा शारीरिक तन्दुरूस्तीमा कमी आउँछ । यसले मोटोपन बढाउने, शरीर सन्तुलित नहुने समस्या देखिन्छ, अनि अन्य रोगलाई प्रश्रय दिन्छ ।

विद्यालयमा जंगफुड लैजाने, अतिरिक्त क्रियाकलापमा भाग नलिने, कक्षा कोठाभित्रै सीमित रहने, घरमा फर्किएपछि पनि शारीरिक गतिविधिमा सामेल नहुने बालबालिका दीर्घरोगको निशानामा पर्छन ।

विद्यालयमा जंगफुड लैजान नदिने, क्यान्टिनमा पनि नराख्ने, शरीर चलायमान हुने खालका अतिरिक्त क्रियाकलापमा बालबालिकालाई सहभागी गराइयो भने समस्यामा कमी आउँछ । बच्चाहरू सबै एक ठाउँमा बस्ने, घुलमिल हुनुपर्ने भएकाले विद्यालयमा स्वास्थ्य सचेतना पनि आवश्यक छ ।

बालबालिकामा डायरिया र निमोनियाको समस्या पनि बढी छ ।

खानेपानी स्वच्छ नहुँदा डायरियाको समस्या देखिन्छ । पिउनयोग्य पानी चाहिन्छ । उमालेर सेलाएको पिउने गर्दा राम्रो हुन्छ । निमोनियाको कुरा गर्दा पहिले यसविरूद्ध उपचारमात्रै थियो अहिले भ्याक्सिन पनि लगाउन थालिएको छ ।

मौसम, तापक्रमका कारण बालबालिका बिरामी हुने समस्या त छँदै छ । यसबाहेक ग्रामीण भेगबाट बसाइ सरेर सहर आएका बालबालिकामा रूघाखोकी लागिरहने समस्या पनि अहिले धेरै छ । उनीहरूमा छोटो अवधिमा यस्तो भइरहन्छ । यो सहरीकरण, धुलो, धुवाँका कारण भएको एलर्जी हो । यसलाई बाल दम भन्छौं । पहिले किटाणुका कारण निमोनिया बढी हुन्थ्यो अहिले यो बढी छ । यसले पेट दुख्ने, बान्ता हुने, उमेरअनुसार तौल नबढ्ने समस्या देखिन्छ ।

रूघाखोकी लाग्दा सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, हात धोइराख्ने, नाक-मुख नचलाउने कुरा बालबालिकालाई सिकाइराख्नपर्छ ।

यो कतीपय कुरामा समस्या आउने नआउने अभिभावकमा पनि भर पर्ने कुरा हो किनभने बच्चाहरुलाई सुविधा उपलब्ध उपयुक्त तरिकाले दिनु पर्छ । बालबालिकाहरुलाई ६ । ७ वर्षको उमेर देखि योग तथा व्यामको पनि बानी बसाल्नु पर्छ । यसो गर्नाले उनीहरुमा फुर्तिलोपन र स्वस्थ रहन मदत गर्छ