लाङटाङ क्षेत्रको भ्रमण गर्ने क्रममा बेलायती नागरिकको मृत्यु

रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने क्रममा शुक्रबार एक बेलायती पर्यटकको मृत्यु भएको छ । भ्रमणका क्रममा बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको मृत्यु भएको हो । पाउल आफ्ना दुई छोरा पथ र प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै गर्दा लाङटाङ खोला झोलुङ्गे पुल आसपास क्षेत्रमा बेहोस अवस्थामा भेटिएका थिए ।

उनलाई हेलिकप्टरमा उद्धार गरी उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल पुर्याइएको थियो । पाउललाई चिकित्सकले शुक्रबार साँझ मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।