वीरेन्द्रनगरमा १ जना फरार प्रतिवादी पक्राउ

वीरेन्द्रनगरमा १ जना फरार प्रतिवादी पक्राउ परेका छन । मंगलबार वीरेन्द्रनगर नगरपालिका – १ बाट बालयौन दुरुपयोग मुद्धामा दुई महिना नौ दिन कैद तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर- १ स्थित बाङगेसिमलका २१ वर्षे सुरेश कुमार बुढालाई सुर्खेत जिल्ला अदालतले बालयौन दुरुपयोग मुद्धामा दोषीको फेैसला पश्चात उनी फरार रहेको सुर्खेत जिल्ला प्रहरी निरीक्षक कृष्ण बहादुर खड्काले जानकारी दिए ।

निरीक्षक खड्काका अनुसार फरार रहेका बुढालाई निरन्तर खोजीको प्रयास पछि चैत्र २० गत्ते दिउँसो १० बजे सुर्खेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई वीरेन्द्रनगर १ मा प्रक्राउ गरी जिल्ला अदालत सुर्खेतमा तोकिएको कैद सजाएको लागि कारागार चलान गर्ने भएको छ ।