गुल्मीकाे बडीगाड खोलामा डुबेर दुई युवकको मृत्यु

गुल्मीको बढीगाड खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ४ शनिबार डुबेर बेपत्ता भएका दुई युवकको शव आइतबार भेटिएको हो । शनिबार दिउँसो मुसिकोट नगरपालिका ४ आरु पाटाका २१ वर्षीय सन्दीप कुमाल खोलामा डुबेका थिए ।

सन्दीप माछा मार्नका लागि जाल खेल्ने क्रमका डुबेर बेपत्ता भएका थिए । उनको शव ग्वादीकाचौर नजिकै बढिगाड खोलामा जाल बेरिएको अवस्थामा फेला परेको हो ।

त्यस्तै आइतबार दिउँसो गुल्मी दरबार गाउँपालिका २ उपल्लाखर्कका १२ वर्षीय प्रिन्स सारूको शव बढिगाड खोलाको सोता भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सारू हिजो पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यमान चौधरीले एउटै खोलामा दुई जनाको डुबेर मृत्यु भएको पुष्टि गरे । रातोपाटीमा समाचार छ