दैलेखको महाबु गाउँपालिकामा जिप दुर्घटना

दैलेखको महाबु गाउँपालिकामा जिप दुर्घटना भएको छ । महाबु गाँउपालिका वडा नं. २ बडाखोलामा दुर्घटना भएको वडा अध्यक्ष प्रकाश थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी ३ जना सामान्य घाईते भएको र उनिहरुलाई उपचारका लागि जिल्ला अस्पताल दैलेखमा पठाईएको छ ।

घटनाको जानकारी पाए लगत्तै वडा अध्यक्ष थापा आफै उद्धारमा खटिएर घाईतेलाई उपचारको लागि दैलेख जिल्ला अस्पतालमा पठाएको स्थानियले बताएका छन् ।