सुर्खेतमा ठकुरी समाज पहिलो भेला

सुर्खेतमा ठकुरी समाजको भेला बसेको छ । ठकुरी समाजको प्रथम भेलाले ठकुरी युवा संघ नेपाल गठन गर्ने निर्णय समेत गरेको छ । ठकुरी समाजको भेला सुर्खेत वीरेन्द्रनगर ३, एरिचोकमा बसेको थियो ।

गगन बहादुर शाही को अध्यक्षतामा ठकुरी समाज युवा संघ नेपाल समेत सर्वसहमत गठन गरेको भेलाले उपाध्यक्षमा सौगात सिंह ठकुरी, दोश्रो उपाध्यक्षमा, टेक बहादुर शाही, सचिवमा राधा शाही, सह सचिवमा जनम शाही, कोषाध्यक्षमा राजकुमार सिंह, सदस्यमा प्रियंका शाही, लक्ष्मण शाही, सन्दिप शाही, सुलभ चन्द, सागर शाही तिलक शाही लाई चयन गरेको छ ।

अध्यक्ष शाहीले आफुहरुले मेलमिलाप र एकताबद्ध रुपमा अगाडी बढ्ने बताएका छन् । उनले भने यो संगठन हाम्रा भाई बन्धुहरुको एक आपसमा चिनजान होस र सम्बन्ध बलियो होस भन्ने हेतुले निर्माण गरिएको हो ।