नेपालगंज बागेश्वरी मन्दिरमा तामाको छाना

नेपालगञ्जस्थित प्रसिद्ध बागेश्वरी मन्दिरमा तामाको छाना लगाइएको छ । छानामा धेरै पहिले लगाईएको टायल पुरानो भएर खस्न थालेपछि ताम्रपत्रले छाउदै गरेको नेपालगञ्ज उपमहानगरपालिकाले जानकारी दिएको छ । उपमहानगरपालिकाका अनुसार बागेश्वरी मन्दिरको छानामा वास्तुशास्त्र मिल्ने र टिकाउ पनि हुने भएकाले छानामा ताम्रपत्र लगाएको हो ।

नेपालगञ्ज-२ मा अवस्थित बागेश्वरी मन्दिर हिन्दू धर्मावलम्बीको पवित्र तथा महत्वपुर्ण धार्मिक स्थलका रुपमा रहेको छ ।बागेश्वरीमा विजयादशमीको समयमा दर्शनार्थीको भीड हुने र यहाँ सतीदेवीको जिब्रो पतन भएकाले साक्षात देवीको बास रहेको बागेश्वरी मन्दिरको व्यावस्थापन समीतीले जानकारी दिएको छ ।

जनश्रुतिअनुसार बागेश्वरीमा सतीदेवीको जिब्रो पतन भएकाले सुरुमा बाक्येश्वरी, त्यसपछि बाग्येश्वरी हुँदै बागेश्वरी भएको विश्वास गरिन्छ । पछिल्लो पटक बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार गरिने महाआरतीमा नेपालगञ्जबासीलगायत टाढा टाढाबाट श्रद्धालु भक्तजन सहभागि हुने गरेका छन् ।