सम्पर्कमा आइन् धनगढीका मेयर गोपाल हमालकी छोरी

धनगढी उप-महानगरपालिकाका मेयर गोपाल हमालकी जेठी छोरी आरती सम्पर्कमा आएकी छन् । गत सोमवारदेखि सम्पर्कविहीन भएकी मेयर हमालकी जेठी छोरी आरती हमाल सम्पर्कमा आएको मेयर हमालले फेसबुक मार्फत जानकारी दिएका छन् । मेयर हमालले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै छोरी सकुशल भेटिएको बताएका छन् ।

मेयर हमालले फेसबुक स्टाटस मार्फत ‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूणर् शुभचिन्तकमा जानकारी गर्दछु’, ‘खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूणर् महानुभावहरू, गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाइ दिदीबहिनीहरूसहित सम्पूणर्मा अपील गरेका थिए ।