वीरेन्द्रनगरको पिपिराबाट गाँजासहित तीनजना प्रहरी नियन्त्रणमा

वीरेन्द्रनगरको पिपिराबाट गाँजासहित तीनजना प्रहरी नियन्त्रणमा
सुर्खेत वीरेन्द्रनगरको पिपिराबाट गाँजासहित तीनजना प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो वीरेन्द्रनगर-११ पिपिराबाट गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
नियन्त्रणमा लिएका मध्ये वीरेन्द्रनगर-११ बस्ने वर्ष १७ का टेकबहादुर वली, सोही वडामा बस्ने वर्ष १६ का किरण मगर र वर्ष १५ का रमेश रोकाय रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुको साथबाट ७ पोका गाँजा, १० ट्याब्लेट प्रिगा र १० ट्याब्लेट कफ्डी (नसाको रुपमा प्रयोग हुने औषधी) फेला पारेर बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान प्रकृया भैरहेको बताए । खबर दृष्टिमा समाचार छ ।