हुम्लामा जिप दुर्घटना २ जनाको मृत्यु, ६ जना घाइते

हुम्लाको अदानचुली गाउँपालिकामा यात्रु सवार जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन । अदानचुली गाउँपालिकाकाे श्रीनगरबाट वडा नं ५ को बारीगाउँ तर्फ जाँदै गरेको बोलेरो जिप वडा नम्बर ४ को पाम्सको मोडमा दुर्घटना भएकोे हाे ।
यात्रु सवार बोलेरो सु ००१ ज ११८३ नम्बरको जिप दुर्घटना भएको छ। दुर्घटनामा परी सोही वडाका अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रहरीका अनुसार ६ जना घाइतेहरुको परिचय भने खुल्न बाँकी रहेको छ । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।