बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गएराति जयपृथ्वी नगरपालिका-६ नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।

प्रहरीका अनुसार चट्याङमा परी घाइते हुने मध्ये एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बाँकीको अवस्था भने सामान्य रहेको छ । घाइते हुनेमा शान्ति सिंह, धीरेन्द्रबहादुर सिंह, निशा सिंह, कृतिका सिंह, पञ्चादेवी सिंह, नितेश सिंह र लक्ष्मी सिंह रहेका छन् ।