बारेकोटमा जीप दुर्घटना १ जना घाइते

बारेकोट लिम्साको दोमिल्दामा बोलेरो जीपको दुर्घटना भएको छ । उक्त घटनामा जीप चालक हिमाल पोख्रेल घाइते भएका छन । आज दिउँसो करिब १ स्४५ मा बारेकोटको लिम्साबाट कालिमाटि तर्फ जादै गरेको भे १ ज ६८० नम्बरको बोलेरो जीपको दुर्घटना भएको जाजरकोट डोल्पा यातायात प्रा .ली का बुकिङ काउन्टर लिम्साका इन्चार्ज धुर्वराज रोकय जानकारी दिए ।
उनका अनुसार बारेकोटमा ४ वर्ष यता ५ वटा गाडी दुर्घटनामा परेका छन भने ३ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन । बारेकोटमा सडक दुर्घटना बर्सेनी बढीरहने र यहाँ उपयूक्त सडक निर्माण नभएकाे उनकाे गुनासाे छ । इन्चार्ज रोकयका अनुसार पुराना तथा खराब कन्डिसनका गाडी संचालनमा ल्याउनु नै घटना घट्नु को मुख्य कारण हो । सम्बन्धित निकायलाई विशेष अनुरोध गरेका छन ।