मेडिकल ब्यावसायी दुर्गा प्रसाईका बडीगार्ड हतियारसहित काठमान्डाैबाट पक्राउ

मेडिकल ब्यावसायी दुर्गा प्रसाईका बडीगार्ड हतियार सहित काठमान्डाैबाट पक्राउ परेका छन । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने एक व्यक्ति प्रक्राउ परेका छन ।
आज दिउँसो सर्वोच्च अदालतभित्र हतियार बाकेर प्रवेश गरेको थाहा पाएपछि झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिए ।

आज सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन । प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको छ । थप अनुसन्धान जारी रहेको पनि जानकारी दिए ।