भूकम्पको धक्का, रसुवामा केन्द्रबिन्दु

आज रसुवा जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज विहान ९ :४४ मा रसुवा जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको हाे । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार जिल्लाको जुरे ढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो । यसअघि फागुन २८ गते पनि बाजुराको जुगाडा भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।