फेरी कैलाली चिसापानीमा लाइटर बोकेको ट्रकमा आगलागी

फेरी कैलाली चिसापानीस्थित लाइटर र खुर्सानी बोकेको ट्रकमा आगलागी भएको छ । शनिवार दिउँसो ३ बजेतिर पुर्व पश्चिम रार्जमार्ग अन्र्तगत कैलालीको बर्दगोरिया गाउँपालिका १ मुडा बजार नजिक आगो लागेको थियो । वीरगञ्जबाट धनगढी आउँदै गरेको प्र. ३-०३-००१ ख ००१२ नं को ट्रकमा आगलागी भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विकले जानकारी दिए ।
आगलागीको घटना भएको हत्ता दिन नसकिदै फेरी त्यही प्रकृतीको घटना दोहोरिएको छ । लाइटरसहित खुर्सानी बोकेको उक्त ट्रकमा लाइटरकै कारण आगो लागेको प्रहरीले अनुमान गरेको छ । घोडाघोडी र लम्की चुहा नगरपालिकाको दमकल नजिक भएकाले चाँडै आउँदा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

यस अघि पनि सोमबार कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी भएको थियो । सोही आगलागिका कारण पुलको क्षती पुगेको थियो । साथै आवतजावत समेत बन्द गरि पुलको मर्मत हुदै गरेको जनाएको छ ।