रौतहटकाे मनी ट्रान्सफरमा ५२ लाख लुटपाट, ३ भारतीय पक्राउ

रौतहटकाे एक मनी ट्रान्सफरमा ५२ लाख लुटपाटको भएको छ । भारतको सीमा जनजिकै जोडिएको परोहा नगरपालिका ९ खापचोक स्थित मनी ट्रान्सफरमा लुटपाट भएको छ ।

शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरूले मनी ट्रान्सफर संञ्चालक नितेश साहमाथि गाेलि प्रहार गरि उनलाई घाइते बनाएका छन । उनिहरूले धम्क्याएर करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी इलिजा गिरिले घटनाको विस्तृत जानकारी दिएकी छन । उनका अनुसार घटनामा घाइते भएका साहलाई उपचारका लागि वीरगन्ज अस्पताल पठाइएको र लुटपाटमा संलग्नलाई पनि पक्राउ गरिएको बताइन । उनीहरुलाई आवश्यक कानुनी प्रकृयामा बढाउने बताइन ।

रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले घटनाको केही बेरमा नियन्त्रणमा लिएको हो । प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ । उनीहरुलाई आवश्यक कानुनी प्रकृयामा अगाढि बढाउने बताइन ।