२ महिना अघि साउदीमा मृत्यू भएका नेपालीको शव अझै सम्म पनी नेपाल आउन सकेन

बिरेन्द्र बुढा ,सल्यान । रोजगारीको शिलशिलामा साउदी अरब गएका एक युवकको मृत्यु भएको २ महिना सम्म पनी शब नेपाल आउन सकेको छैन । बनगाड कुपिण्डे नगरपालिका ७ मैदु पोखरी सल्यानका २४ बर्षीय सुभाकर बि.सीको २ महिना अघि साउदी अरबमा मृत्यू भएको थियो । उनको साउदीमा मृत्यु भएको करीब २ महिना पुगिसक्दा पनि शव नेपाल ल्याउन नसकिएको परिवारले जनाएको छ । मजदुरी गर्नका लागि आफ्नो घर,परिवार र नेपाल छोडेर साउदी पुगेका उनि काम गर्दा गर्दै एक्कासी मानसिक सन्तुलन गुमाउन पुगेका थिए । उनको उपचारका लागि थुप्रै रकम खर्च भएपनि उनि निको हुन सकेको थिएन ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण उनि सानैमा विदेशिएका थिए । मानसिक सन्तुलन गुमेपछि विभीन्न निकाएमा सम्पर्क गरेर उनलाई नेपाल ल्याउन धैरै हार, गुहार गरेको र सम्बन्धित निकाएले वेवास्था गरेको मृतकका भाई कमल वि.सीले जानकारी दिएका छन् । मृत्यु भएको २ महिना पुगिसक्दा पनि शव नेपाल नआएको र सम्बन्धित निकायले यसमा कुनै चासो नदिएको उनको परिवारले गुनासो गरेका छन् ।