उदयपुरमा भिरबाट जिप खस्याे, ६ काे मृत्यू, ७ घाइते

उदयपुरको बेलका नगरपालिका- ७ मा भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु र ७ जनाको उद्दार गरिएको छ ।

नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार घटनास्थलमा नै ६ जनाको मृत्यु भैसकेको छ ।

भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो । ६ जनाको मात्रै शव फेला परेको डीआईजी खापुङले बताए ।

घटनास्थलमा रहेका स्थानीय मिलन राईका ७ जनालाई उद्दार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचारका लागि पठाइएको छ ।
यस घटनाको विस्तृत विवरण आउन बाँकी रहेको खापुङले बताए ।