वीरेन्द्रनगर नगरपालिकाे डाेजर ।अस्थाई संरचनामा चलायाे , नगरका कर्मचारी र व्यवसायी बिच झडप, डाेजरमा क्षयती

वीरेन्द्रनगर नगरपालिकाे डाेजर अस्थाई संरचनामा चलायाे , नगरका कर्मचारी र व्यवसायी बिच झडप हुँदा डाेजरमा क्षती भएकाे छ ।

आज वीरेन्द्रनगर नगरपालिकाले गोदाम लाइन ,हङकङ बजार र हटिया लाइनका क्षेत्रमा डोजर चलाई अस्थाई संरचना भत्काइएको छ । व्यवसायहरुलाई नगरपालिकाले ३५ दिने सुचना प्रकाशन गरी उक्त क्षेत्र खाली गर्न र त्यहाँबाट हट्न अनुरोध गरेको थियो । पटक पटक सुचना जारी गर्दा पनि पालिका को निणर्य अस्विकार गरेपछि । याे पालिकाले डोजर चलाउने निणर्य गरेको हो ।

डोजर चलाउदा व्यवसायी सडकमा उत्रिएका छन । डोजर र नगरपालिकाका कर्मचारी र डाेजरलार्इ व्यवसायीले ढुंगामुडा गरी अक्रोध व्यक्त गरेका छन । सार्वजनिक सूचना निकालेर संरचना भत्काउन अनुरोध गरेपनि व्यवसायीहरूले अटेर गरेपछि आज वीरेन्द्रनगर नगरपालिकाले डोजर चलाएको छ ।

यसैबिच व्यवसायीहरु ढुंगामुडा गरी पालिकाको गाडी फर्काएका छन । वीरेन्द्रनगर नगरपालिका- ६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा नगरप्रमुख मोहनमाया ढकालले डोजर चलाउने निणर्य गरेकी हुन ।

अन्तिम मिति मंगलबारसम्म तोकिएको थियो । तर, पालिकाको निणर्यलाई बेवास्ता गरिरहेकाले आज नगर आफैँले भत्काइदिने गरी एक्सनमा उत्रिएको हो ।

नगरप्रमुख मोहनमाया ढकालले उक्त क्षेत्रमा पार्किङ, बगैँचा लगायतका संरचना बनाइने बताउँदै आएकी छिन । नगरले डोजर चलाएको खण्डमा उक्त क्षेत्रमा १२५ जना साना व्यवसायीहरू विस्थापित हुनेछन ।

सरकारी जग्गामा ५० को दशकयता ती व्यवसायीहरू भाडामा जमिन प्रयोग गरेर संरचना बनाई व्यवसाय गरिरहेका थिए । अहिले पालिकाको निणर्य अनुसार त्यो जमिनलाई खाली गर्न आग्रह गरेको थियो ।