सुर्खेतकाे लाटीकोइलीमा पुरुषको शव फेला

सुर्खेतको लाटीइलीमा एक जना पुरुषकाेत शव फेला परेकाे छ । बारा जिल्ला घर भई हाल वीरेन्द्रनगर-९ लाटीकोइली स्थित दैलेखी टोल बस्ने अन्दाजी वर्ष ३२ का अनिल पट्टेल मृत अवस्थामा फेला परेका हुन । मंगलवार बिहान ११ बजे पट्टेल आफु सुतेको घरको कोठामा घाँटी काटिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको घाँटीमा गम्भिर चोट लागेको छ । पट्टेल बिहान ११ बजे मृत अवस्थामा फेला परेको त्यहाँका स्थानीयले बताए । उक्त घटनास्थलमा प्रहरीले उनको घाँटीमा गम्भिर चोट लागेको र ब्लड बगिरहेको बताए । साथै उनकै कोठामा ब्लड लागेको चुलेसी फेला परेको छ ।

प्रहरीकाअनुसार उनी लामो समयदेखि वीरेन्द्रनगरमा कोठा भाडामा बस्दै आएका थिए । घटनाको प्रकृति हेर्दा उनले आफैले घाँटीमा चुलेसी प्रहार गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । पट्टेलका घरपरिवार सुर्खेत आउँदै गरेकाले शवलाई सुरक्षित कोठामै राख्न प्रहरीलाई अनुरोध गरेका छन ।

घरपरिवार नआए सम्म कुनै प्रकृया अगाडी नबढाएको प्रहरीले जनाएकाे छ । उक्त घटनाबारे मृतकका परिवार आइसकेपछि मात्रै बाँकी अनुशन्धान हुने प्रहरीले बताए ।