वीरेन्द्रनगरका ब्यावसायी आन्दोलित, भोली मंगलवार बजार बन्दको आब्हान

वीरेन्द्रनगर नगरपालिकाले नगरबिकास समितिकाे जग्गामा ब्यावसाय गरेर बसेका ब्यावसायिहरुलाई हटाउन ३५ दिने सुचना जारी गरेपछी त्यसको बिरुद्धमा आन्दोलित बनेका छन् । आईतबार वीरेन्द्रनगरको मंगलगढीबाट र्याली निकाल्दै बिभिन्न स्थानमा पुगेका ब्यावसायीहरुले मंलगवार वीरेन्द्रनगर बन्दको आब्हान गरेका छन् ।

यस अघी फाल्गुन २४ गते सुर्खेत उद्योग बाणिज्य संघ समेतले बिज्ञप्ती निकालेर बिरोध जनाईसकेको छ । यसै बिच सुर्खेत उद्योग बाणिज्य संघ अन्र्तगतका बिभिन्न १८ ओटा बस्तुगत समितिका अध्यक्षहरुले संयूक्त रुपमा हस्ताक्षर गरी बिज्ञप्ती समेत जारी गरिएको छ ।

बिज्ञप्तीमा कोरोनाले आक्रान्त ब्यावसायीहरुलाई आफैले भाडामा राख्ने र ति नियमित भाडा तिरेर बसेका ब्यावसायीलाई अतिक्रमित भनेर अपाराधी अपराधी बनाउन खोजिएको भन्दै बिरोध गरिएको छ ।