नेपालको चर्चित कर्णाली पुलमाथि आगलागी

नेपालको चर्चित कर्णाली पुलमाथि आगलागी भएको छ ।
वीरगंजबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको चल्ती ट्रकमा आफैं आगो लागेको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी प्रबिण धितालले बताए ।

आगो नियन्त्रणका लागि लम्की नगरपालिकाको दमकल केहीबेर अगाडि घटनास्थल पुगेर आगो निभाउन सुरू गरेको छ भने अर्को दमकल पनि जानेक्रम जारी रहेको एसपी धितालले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशलसिंह ठकुरीका अनुसार अपराह्न साढे ४ बजेतिर ट्रकमा एकाएक पछाडिबाट आगो सल्किएको थियो ।

पछाडि भागबाट आगो सल्किएको हुँदा आपसमा घर्षन उत्पन्न भई ट्रकमा आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । ट्रकमा लागेको आगो निभाउने प्रयास जारी रहेको पनि प्रहरी निरीक्षक ठकुरीले बताए ।