बराहतालमा चुनढुङ्गा उत्खन्न हुने, सूर्यतारालाई ठेक्का

सुर्खेतको बराहाताल गाँउपालिकामा चुनढुंगा उत्खनन हुने भएको छ । बराहतालको आर्थिक स्तर संग जोडिएको सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थको उत्खननका लागि भुगर्भ विभागले अनुमति दिएको छ । बिभागले सूर्यतारा सिमेन्ट उद्योग प्रालिलाई सिमेन्ट उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ चुनढुङ्गा उत्खनन्को अनुमति दिएको हो ।
चुनढुङ्गा उत्खनन्का लागि धेरै प्रस्तावहरुमध्ये विभागले सूर्यतारालाई खनिज पदार्थ नियमावली, २०५६ को नियम २६ (४) बमोजिम उत्खनन्का लागि अनुमति दिएको हो । सूर्यताराले खनिज पदार्थ उत्खननका लागि एक करोड ११ लाख ११ हजार एक सय एघार रुपैयाँ बरारबरको प्रस्ताव पेश गरेको थियो ।
अब विभागले अनुमति दिए अनुसार सूर्यताराले बराहताल गाउँपालिका वडा नम्बर ७ स्थित लखरपाटाको ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन् गर्न पाउने छ ।
उद्योगलाई लगानी अनुमान गरे भन्दा बढी नै बोर्डले स्वीकृती गरीसकेको छ । उधोगका लागि लाग्ने १४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत यसअघि नै गरिसकेको छ ।
उक्त सिमेन्मट उद्योगले दैनिकदेखि ६० हजार बोरा सिमेन्टका साथै तीन हजार टन क्लिङ्कर उत्पादन लक्ष्य राखेको छ । उद्योग स्थापना भएको खण्डमा स्थानीयस्तरमा प्रत्यक्ष रोजगारी सिर्जना भई प्रभावित क्षेत्रका नागरिकको जीवनस्तर उकास्न मद्दत गर्नेछ ।