बालबिवाह राेक्न वडाअध्यक्षकाे नयाँ तरिका, प्रकृया पुगेका जाेडीलाई सम्मान

बालबिवाह राेक्न वडाअध्यक्षकाे नयाँ तरिकाले प्रकृया पुगेका जाेडीलाई सम्मान गरका छन ।

डोटीको जोरायल गाउँपालिका-६ ले बैधानिक रुपमा उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई सम्मान गरेको छ ।

वडाले गत जेठ ३१ गते २० वर्ष पुगेपछि विवाह गर्ने लाई सम्मान गर्ने निणर्यका आधारमा एक जोडीलाई सम्मान गरेको हो । अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा यस जोडीलाई सम्मान वडाले गरेको हो ।

जोरायल गाउँपालिका-६ सित्तोलीकी २० वर्षीया युवतीले बैतडीको मेलौली नगरपालिका-३ कुजागाड घर भएका २६ वर्षीया कमला बोहराले विवाह गरेका थिए ।

वडाध्यक्ष गणेशबहादुर बोहराले नवविवाहित जोडीलाई टीका, खादा, मायाको चिनो र नगद प्रदान गरिएको जानकारी दिए ।

‘नवविवाहित दम्पत्तीको हामी माइती परेकाले गाडी भाडास्वरूप ४ चार हजार १२५ रूपैयाँ पनि दियौं,’ उनले भने ।

दण्ड र सजायले मात्रै बालविवाह नरोकिने देखिएपछि सम्मान कार्यक्रमको सुरुवात गरिएको वडाले जनाएको छ । यस कार्यक्रमले नयाँ उर्जा र प्रोत्साहन मिल्ने पनि अध्यक्ष बोहोराले बताए ।

यसप्रकारको कार्यक्रमले बालविवाह रोक्नका लागि सहयोगी हुने वडाध्यक्ष बोहराले बताए ।

‘यो कार्यक्रम सुरु भएपछि अन्य दुई जोडीले उमेर पुगेपछि विवाह गर्नुभएको छ, उहाँहरूलाई केही समयमै सम्मान गर्नेछौं,’ उनले भने ।

वडाको यस अभियानलाई यहाँ सक्रिय अन्य सङ्घसंस्थाले पनि साथ दिएका छन । छाउपडी प्रथा, बालविवाह लगायतका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सिडिएफ नेपालले अभियानलाई साथ दिएको वडाध्यक्ष बोहराले बताए ।
मुलुकी अपराध संहिता ऐन २०७४ मा २० वर्ष नपुगी गरे वा गराइएको विवाह स्वतः बदर हुने व्यवस्था छ । त्यसैले बालबालिकाको भविष्य बिग्रिन नदिन यस्ता खाले अभियानहरु ल्याउने अध्यक्षको भनाई छ ।