चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी सुर्खेत आउदै

सुर्खेत । दोश्रो कर्णाली चलचित्र कार्यशालामा सहभागी हुन चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी सुर्खेत आउने भएका छन् । भोली मंगलवारको फ्लाइट मार्फत उनी वीरेन्द्रनगरमा आउने भएका हुन । सप्ताहव्यापी रुपमा आयोजनाा गरिएको कार्यशाला यही २३ फागुनबाट २८ फागुनसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना भैरहको छ । केवी इन्टरटेनमेन्ट प्रा.लि. ले आयोजना गरेको कार्यशालाका अध्यक्ष भुपेन्द्र कुमार खड्काले मास्टर क्लासका लागि उहालाई आमन्त्रण गरिएको जानकारी दिए ।

यस अघि २०७९ असारको दोश्रो साता पहिलो कर्णाली चलचित्र कार्यशाला सुर्खेतमा आयोजना गरिएको थियो । यो कार्यशालामा चलचित्र विकाश बोर्डका अध्यक्ष तथा अग्रज अभिनेता भुवन केसीको मास्टर क्लास हुने जानकारी गराईएको थियो । यस्तै चलचित्र लेखक निर्देशक दयाराम दाहालले पनि चलचित्र निर्देशनबारे विशेष क्लास लिने बताईएको थियो ।

फागुन २३ गते बाट संचालन गरिएको दोश्रो कर्णाली चलचित्र कार्यशाला यही फागुन २८ गते समापन हुदै छ । यही समापन कार्यक्रमलाई सम्बोधन गर्न र पुर्व निर्धारित मास्टर क्लास दिनका लागि उनी सुर्खेत आउन लागेका हुन् । अहिले दोश्रो कार्यशालामा बिभिन्न जिल्लाका २० जना प्रशिक्षार्थीहरुले क्लास लिईरहेका छन् ।