तनहुँमा अवैध बन्दुकसहित ७ जना पक्राउ

तनहुँको शुक्लागण्डकी नगरपालिका-११ भुस्नापुरमा अवैध बन्दुकसहित ७ जना पक्राउ परेका छन ।

सुरुमा शंकास्पद वस्तुसहित सरिप चन्द समातिएका थिए । त्यसपछि उनलाई सोधपुछ र अनुसन्धान गरी पछ्याउँदा दुईनाले बन्दुकसहित ५ जना र एकनाले बन्दुकसहित २ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय प्रमुख इन्स्पेन्टर गणेश सुवेदी नेतृत्वको टोलीले उनीहरुलाई अवैध बन्दुक सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लक्ष्मण शाही, केबलबहादुर चन्द, युवराज ढुंगाना, दुर्गा वीरजंग ठकुरी र सरिप चन्द छन । एकनाले २ वटा बन्दुक सहित पक्राउ पर्नेमा कुलबहादुर र यमबहादुर शाही छन । भने उनीहरुको साथमा बन्दुकमा प्रयोग गरिने बारुद, बेरिङ, सीसालगायतका पदार्थ पनि अवैध रुपमा फेला परेको छ ।

हतियार सहित प्रक्राउ परेकाले यस घटनाबारे गहिरो अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरुलाई विशेष निगरानिका साथ थुनामा राखेको छ