मादकपदार्थ सेवनका कारण श्रिमतिले गरीन श्रिमानको हत्या


मादकपदार्थ सेवनका कारण श्रिमतिले श्रिमानको हत्या गरीन ।
नमोबुद्ध नगरपालिका -५, कानपुरकी ४० वर्षीया कमला परियार प्रक्राउ परेकी छन । शनिबार बिहान काभ्रेपलाञ्चोकमा प्रहरीले नियन्त्रणमा लिएको हो । श्रीमानको हत्याको आरोपमा उनी पक्राउ परेकी हुन ।

आफ्नै श्रीमान ५९ वर्षीय धनवीर दमाईंको हत्या गरेको उनीमाथि आरोप छ । लट्ठी प्रहार गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

कमलाले मादकपदार्थ सेवन गरी लट्ठी प्रहार गर्दा धनवीरको मृत्यु भएको भन्ने खबरपछि प्रहरी टोली खटिएको थियो । यस घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।